Custom Heading

आईएसएल: मुम्बई सिटी र नर्थइस्ट युनाइटेडबीचको 1–1 को बराबरीमा खेल सकियो
आईएसएल: मुम्बई सिटी र नर्थइस्ट युनाइटेडबीचको 1–1 को बराबरीमा खेल सकियो


गोवा, 26 जनवरी (हि.स.)। वर्तमान च्याम्पियन मुम्बई सिटी र फिसड्डी नर्थइस्ट यूनाइटेडबीच 1–1 को बराबरीमा खेल सकिएको छ। हीरो इण्डियन सुपर लीग (आईएसएल) 2021-22 अन्तर्गत मंगलवार राति फतोर्डास्थित पण्डित जवाहर लाल स्टेडियममा खेलिएको म्याच ड्रमा समाप्त भएको हो। मुम्बईको ब्राजीलका अट्याकिङ मिडफील्डर केसिओ गेब्रिएलको शानदार प्रदर्शनको निम्ति उनलाई हीरो अफ् द म्याच चयनित गरियो।

यो ड्र म्याचका साथै मुम्बईले अहिलेसम्म तीनवटा ड्र म्याच खेलिसकेको छ। कोच डेस बकिङ्गहमको टीमले 12 म्याचमा 18 अंक जुटाएर पॉंचौं स्थानमा आइपुगेको छ। मुम्बईले पॉंच म्याच जितेको छ र तीन ड्र खेलेको छ। नर्थइस्ट यूनाइटेड 11 टीमको तालिकामा 10औं स्थानमा स्थिर रहेको छ। कोच खालिद जमीलको टीमले 14 म्याचमा दुई जित र चार ड्र खेलेर 10 अंक हासिल गरेको छ।

मुम्बईको तर्फबाट म्याचको 30औं मिनटमा पहिलो गोल मोरक्कन डिफेन्सिव मिडफील्डर अहमद जहोहले गरे। उनले पेनल्टीलाई गोलमा परिणत गरेका थिए। यसरी नै नर्थइस्ट यूनाइटेडको तर्फबाट 79औं मिनटमा मोहम्मद इरशादले एक गोल लगाएर खेल 1-1 गोलको बराबरीमा ल्याएका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande