Custom Heading

कोरोना कारण राष्ट्रिय फुटबल च्याम्पियनशिप स्थगित
कोरोना कारण राष्ट्रिय फुटबल च्याम्पियनशिप स्थगित


कोच्चि, 26 जनवरी (हि.स.)। कोरोना संक्रमणको बढ्दो मामिलाहरूलाई ध्यानमा राख्दै सन्तोष ट्रफीको निम्ति हुने राष्ट्रिय फुटबल च्याम्पियनशिपलाई स्थगित गरिएको छ। अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले उक्त जानकारी दिएको छ। एआईएफएफका एक अधिकारीले विज्ञप्तीमा भनेका छन्, ‘एआईएफएफले भाग लिने राज्य संघहरूलाई कोविड-19 सकारात्मक मामिलाहरूमा लगातार भईऱहेको वृद्धिको मध्यनजर र केरला सरकारको परामर्शपछि सन्तोष ट्रफीको निम्ति राष्ट्रिय फुटबल च्याम्पियनशिपलाई स्थगित गरिएको सूचित गरेको छ। नयाँ मितिहरू र नयाँ कार्यक्रममा फसेला गर्नका लागि फरवरीको तेस्रो सातामा परिस्थितिहरूको समीक्षा गरिनेछ’। ज्ञात होस्, हालमा भारतीय शिविरमा धेरै कोरोना संक्रमण मामिला अघि आएपछि भारतीय महिला फुटबल टीमलाई एशियाई कपबाट हट्नु परेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande