Custom Heading

कोरोनाको 165 नयॉं मामिला, 311 जना निको, एकको मृत्यु
कोरोनाको 165 नयॉं मामिला, 311 जना निको, एकको मृत्यु


गान्तोक, 28 जनवरी (हि.स.)। सिक्किममा आज कोरोनाको 165 नयॉं मामिला अघि आएको छ। कोरोनाको नयॉं मामिलाभन्दा निको हुने मानिसहरूको संख्या अधिक रहेको छ। आज 311 जना संक्रमणबाट निको भएर सामान्य जीवनमा फर्किएका छन्। यो बिरामीले एक व्यक्तिको मृत्यु पनि भएको छ।

राज्य स्वास्थ्य विभाग अनुसार हिजो 1146 जनाको नमूना जॉंच गरिएको थियो, जसमध्ये 165 जनामा संक्रमण पुष्टि भयो। संक्रमितहरू पूर्व जिल्लाबाट 96, पश्चिम जिल्लाबाट 57, दक्षिण जिल्लाबाट 7 र उत्तर जिल्लाबाट 5 जना सामेल छन्। राज्यमा कोरोना सक्रिय मामिलाको संख्या घटेर 1450 रहेको छ।

गत 24 घण्टामा कोरोनाले भएको एकजनाको मृत्युका साथै राज्यमा कोरोनाले अहिलेसम्म 428 जनाको मृत्यु भइसकेको छ। यस अवधि सकारात्मकता दर 14.4 प्रतिशत तथा रिकभरी रेट 95 प्रतिशत दर्ता गरिएको छ। राज्यमा कोरोनाबाट अहिलेसम्म 37 हजार 816 जना संक्रमित भइसकेका छन् भने 35 हजार 296 जना निको भएका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande