भारतीय परम्पराहरूलाई बढ़ावा दिनु मानवताको सेवा: प्रधानमन्त्री
प्रधानमन्त्री


नयॉं दिल्ली, 28 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार 'विरासत पनि र विकास पनि' को मन्त्रमा काम गरिरहेको भारतको यात्रामा सबैको प्रयास आवश्यक रहेको बताए। उनले भारतले सम्पूर्ण विश्वको कल्याणको कामना गरिरहेको बताउॅंदै हामी जति भारतीय परम्पराहरू र पहिचानलाई अगाड़ी बढ़ाउने छौ मानवताको सेवाका लागि त्यति नै अवसर प्रशस्त हुनेछ भनी बताए।

पण्डित जसराज कल्चरल फाउण्डेशनको शुभारम्भको अवसरमा प्रधानमन्त्रीले आफ्नो सन्देशमा भने, भारतको ज्ञान, दर्शन, चिन्तन, विचार, आचार, संस्कृति, संगीत सबैको मूलमा मानवताको सेवाको भाव छ। यसमा सम्पूर्ण विश्वको कल्याणको कामना सहजरूपमा प्रकट हुन्छ। हामी भारतको परम्पराहरू र पहिचानलाई जति अगाड़ी बढ़ाउने छौ त्यसले मानवताको सेवाका लागि त्यति नै अवसर प्रशस्त हुनेछ।

कल्चरल फाउण्डेशनलाई दुईवटा कुरामाथि ध्यान दिन आग्रह गर्दै प्रधानमन्त्रीले भने, भारतीय संगीतलाई विश्व पटलमा राख्न हामीले भूमिका निर्वाह गर्नु पर्नेछ। साथै देशमा संगीत आधारित स्टार्ट अप तयार हुनुपर्छ।

उनले अझ भने, भारतीय संगीतले मानव मनको गहिराईलाई आन्दोलित गर्ने सामर्थ्य राख्दछ। साथै, प्रकृति र परमात्मासॅंग एकाकारको अनुभवलाई पनि बल दिॅंदछ। भारतको यस विरासतले सम्पूर्ण मानव जाति र सारा विश्व लाभान्वित हुनुपर्छ। भारतीय संगीतको पवित्र धारालाई आधुनिक प्रविधिले सुसज्जित गर्नु पर्छ। यसमाथि धेरै गर्नु पर्ने आवश्यकता छ। गुरु शिष्य परम्परा कायम राख्दै प्रविधिको माध्यमले एउटा वैश्विक ताकत प्राप्त हुनु पर्छ।

उल्लेख्य, पण्डित जसराज कल्चरल फाउण्डेशनको उद्देश्य भारतको राष्ट्रिय विरासत, कला र संस्कृतिको रक्षा, विकास अनि प्रचार गर्नु हो। फाउण्डेशनले उदीयमान कलाकारहरूलाई सहयोग गर्ने, कलाकारहरूलाई आर्थिक रूपमा सक्षम बनाउने प्रयास पनि गर्नेछ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande