गान्तोक, 28 जनवरी (हि.स.)। पूर्व सिक्किमको रम्फू चेकपोस्टबाट पुलिसले एक बस चालकलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने चालकको नाम दिनेश विश्वकर्म रहेको बताइएको छ। 28 वर्षीय चालक स्वास्तिक, गान्तोक निवासी हुन्।
पुलिस अनुसार विश्वसनीय सूचनाको आधारमा पुलिसले विहिवार बस छानबिन गरेको थियो। यसावधि, पुलिसले 15 बोतल कफ सिरप र 6.37 ग्राम धुलो जस्तो पदार्थ फेला पऱ्यो, जुन ब्राउन शुगर हुन सक्ने आशंका व्यक्त गरिएको छ। उक्त प्रतिबन्धित पदार्थहरू ड्राइभर सीटको डेस्क बोर्डमा राखिएको थियो। पुलिसले बस जफत गरेको छ भने आरोपित चालकलाई पक्राउ गरेर साडा र एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।
हिन्दुस्थान समाचार/बिशाल