Custom Heading

क्याम्पस खोल्ने माग गर्दै विश्वभारतीका छात्रहरू र सुरक्षाकर्मीहरूबीच झडप
क्याम्पस खोल्ने माग गर्दै विश्वभारतीका छात्रहरू र सुरक्षाकर्मीहरूबीच झडप


बीरभूम, 28 जनवरी (हि.स.)। क्याम्पस फेरि खोल्ने माग गर्दै विश्वभारतीका छात्रहरू र सुरक्षाकर्मीहरूबीच झडप भएको छ। छात्रहरूको प्रदर्शन अवधि सुरक्षाकर्मीहरूले हात लगाएपछि स्थिति बिग्रिएको हो।

शुक्रवार बिहान वामपन्थी छात्र संगठनले विश्वभारतीको सेण्ट्रल कार्यालय समक्ष विरोध प्रदर्शन गरे। क्याम्प्स फेरि खोल्ने माग गर्दै निकालियो ऱ्यालीलाई विश्वभारतीका सुरक्षाकर्मीहरूले गेटमा रोकेको थियो। यसै क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबीच झडप भएको हो।

सुरक्षाकर्मीहरूले छात्रहरूसित कुटपित गरेको पनि आरोप छ। यसपछि तनाउ फैलियो। सुरक्षाकर्मीहरूले सेण्ट्रल कार्यालय अगाडी बालका गेट पनि बन्द गरिदिए। त्यसपछि, छात्रहरू गेट नाघेर प्रवेश गर्ने प्रयास गरे। छात्रहरूले माग पूरा नभएसम्म प्रदर्शन जारी रहने बताएका छन्। यस विषयमा विश्वभारती अधिकारीहरूबाट कुनै प्रकारको प्रतिक्रिया आएको छैन।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande