गान्तोक, 28 जनवरी (हि.स.)। प्रत्येक वर्ष 30 जनवरी शहीद दिवसको रूपमा मनाउने गरिन्छ। यस अवसरमा देशको स्वतन्त्रताको निम्ति आफ्नो प्राणको बलिदान दिने सेनानीहरूको स्मरणमा दुई मिनट मौन धारण गरेर श्रद्धाञ्जली अर्पित गरिन्छ। यसावधि, बिहान 11 बजीदेखि 11:02 बजी (दुई मिनट) सम्म राज्यभरि ट्राफिकलगायत सबै कार्यहरू बन्द रहने जानकारी गृह विभागले जनाएको छ।
जहॉं पनि उपलब्ध हुन्छ, त्यहॉं दुई मिनट मौन धारण अवधिको शुरूवात र समापन साइरन बजाएर संकेत गरिने बताइएको छ। सो दिवस श्रद्धापूर्वक मनाइने छ। आगामी 30 जनवरी आइतवार (छुट्टी) परेको हुनाले यो वर्ष 31 जनवरीमा सो दिवस मनाउने पनि बताइएको छ।
हिन्दुस्थान समाचार/बिशाल