कोलकाता, 28 जनवरी (हि.स.)। नारद स्टिङ अपरेशन मामिलामा प्रवर्तन निदेशालय (ईडी) को विरोधबीच फिरहाद हकीम, शोभन च्याटर्जी, मदन मित्रा र पूर्व आईपीएस एसएमएच मिर्जाले जमानत पाएको छ। शुक्रवार वकीलले कोर्टलाई न्यायालयका सबै आदेशहरू पालन गरिरहेको र जॉंचमा पनि सहयोग गरिरहेको बताउॅंदै जमानत दिइनु पर्छ भन्ने तर्क राखेका थिए। दुवै पक्षको कुरा सुनेपछि कोर्टले चारैजनाको जमानत स्वीकृत गर्ने आदेश सुनायो।
नारद मामिलामा ईडीको चार्जशीटमा उक्त चारजना बाहेक सुब्रत मुखर्जीको पनि नाम सामेल थियो। केही महिनाअघि नै सुब्रत मुखर्जीको निधन भयो। कोर्टमा चार्जशीट दर्ता भएपछि कोर्टको आदेश अनुसार शुक्रवार चारैजनालाई कोर्टमा पेश गरिएको थियो। सुनवाई अवधि तृणमूल नेताहरूको तर्फबाट वकीलले जॉंचमा सहयोग नगरेको, कोर्टको आदेश पालन नगरेको रिपोर्ट नरहेको बताउॅंदै जमानतको माग गरे।
उल्लेखनीय छ, 14 मार्च, 2016 मा विधानसभा चुनाउभन्दा पहिला नारद स्टिङ फुटेज प्रकाशमा आएको थियो। गत 1 सेप्टेम्बरमा ईडीले नारद मामिलामा चार्जशीट दर्ता गरेको थियो।
हिन्दुस्थान समाचार/बिशाल