Custom Heading

पीसी एण्ड पीएनडीटी एक्ट 1994 माथि राज्य सल्लाहकार समितिको बैठक आयोजित
पीसी एण्ड पीएनडीटी एक्ट 1994 माथि राज्य सल्लाहकार समितिको बैठक आयोजित


गान्तोक, 28 जनवरी (हि.स.)। स्वास्थ्य विभागका महानिदेशक एवं सचिव डा. पेम्पा टी. भोटियाको अध्यक्षतामा विहिवार टाशीलिङस्थित स्वास्थ्य सचिवालयको सम्मेलन हलमा राज्य सल्लाहकार समिति (पीसी एण्ड पीएनडीटी एक्ट 1994) को बैठक सम्पन्न गरियो। बैठक आयोजन गर्नुको मुख्य उद्देश्य राज्य उपयुक्त प्राधिकरणको नामाङ्कन गर्नु रहेको थियो।

एडीएचएस/आरसीएच डा. अनिता भोटियाले राज्य सल्लाहकार समितिमाथि संक्षेपमा रिपोर्ट प्रस्तुत गरिन्। बैठकमा नयॉं राज्य उपयुक्त प्राधिकरणको नामाङ्कनबारे चर्चा गरियो। पछि, बैठकमा नयॉं निजी युएसजी (अल्ट्रासाउण्ड सोनोग्राफी टेस्ट) क्लिनिकको पञ्जीकरण विषय पनि चर्चा गरिएको बताइएको छ।

बैठकमा पीडीएचएस/आरसीएस डा. फुम्जे डेञ्जोङ्गपा, स्वास्थ्य विभागका अधिकारीहरू, कानून विभाग र आईपीआर विभागका अधिकारीहरू र एनजीओ लायन्स क्लबका प्रतिनिधिहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande