Custom Heading

तुर्की र पाकिस्तानले मिलेर अरब सागरमा अन्तरिक्षतट बनाउने
तुर्की र पाकिस्तानले मिलेर अरब सागरमा अन्तरिक्षतट बनाउने


इस्लामाबाद, 28 जनवरी (हि.स.)। तंगीको शिकार पाकिस्तान अब अन्तरिक्षसित जोड़िने तयारीमा छ। पाकिस्तानले अब तुर्कीको साथ मिलेर अरब सागरमा अन्तरिक्षतट (स्पेसपोर्ट) बनाउने तयारी गरेको छ। दुवै देशबीच यसको वित्तपोषणमाथि चर्चा चलिरहेछ। भारतको साथ खराब सम्बन्धबीच पाकिस्तानले तुर्कीको साथ आफ्नो सम्बन्धलाई लगातार बलियो बनाईरहेछ। पाकिस्तानले लगातार तुर्कीबाट हतियार पनि किनिरहेछ। तुर्की पाकिस्तानलाई हतियारहरूको आपूर्ति गर्ने देशहरूमा अहिले चौथो स्थानमा छ।

जानकारी अनुसार, तुर्की र पाकिस्तानबीच जुन तीव्रताले रक्षा सम्बन्ध बढ़िरहेछ, त्यसबाट त्यो दिन टाढ़ा छैन जब पाकिस्तानले आफ्नो आधाभन्दा धेरै हतियार तुर्कीबाटै किन्नेछ। 2018 मा तुर्कीको स्वामित्व डिफेन्स कन्ट्रेक्टर फर्मको साथ पाकिस्तान मिलिट्री अफ टेक्नोलोजीले मेग्नम परियोजना अन्तर्गत एडा क्लासको चार युद्धपोतहरूको निम्ति समझौता गरेको थियो। यस बाहेक पाकिस्तानले तुर्कीको साथ 30टी-129 अटेक हेलीकप्टर किन्ने डील पनि गरेको छ।

हतियारहरूको यस डीलबीच पाकिस्तान र तुर्कीले अब अन्तरिक्ष अनुसन्धान क्षेत्रमा पनि हात मिलाउन गईरहेका छन्। अब दुवै देशले अरब सागरको पाकिस्तानी क्षेत्रमा अन्तरिक्षतट (स्पेसपोर्ट) बनाउने तयारी गरेको छ। यसमा लगभग 80 करोड़ डलर खर्चा हुने सम्भावना छ। अब दुवै देशले यस खर्चाको विभाजनमा विचार विमर्श गरिरहेका छन्। तुर्की र पाकिस्तानबीच यस अन्तरिक्षतट निर्माणको वित्त पोषणलाई अन्तिम रूप दिनसाथ यस परियोजनामाथि काम शुरू हुनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande