Custom Heading

यूक्रेनलाई नाटोमा सामेल नगर्ने रूसी मागलाई अमेरिकाले खारेज गऱ्यो
यूक्रेनलाई नाटोमा सामेल नगर्ने रूसी मागलाई अमेरिकाले खारेज गऱ्यो


वाशिङ्गटन, 28 जनवरी (हि.स.)। यूक्रेनलाई लिएर अमेरिका सहित नाटोका सदस्य देशहरू र रूसबीच विवाद रोकिने नाम लिइरहेको छैन। अब यूक्रेनलाई नाटोमा सामेल नगर्ने रूसको मागलाई अमेरिका र नाटो देशहरूले खारेज गरेका छन्। रूसले दुवै देशबीच तनाव कम गर्नको निम्ति यूक्रेनलाई नाटोमा सामेल नगर्ने आग्रह गरेको थियो। रूसको माग खारेज गरिएपछि अन्तरराष्ट्रिय स्तरमा तनाव अझ् बढ्ने सम्भावना व्यक्त गरिन्दैछ। यूक्रेनको मुद्दामा रूस र नाटो देशहरू सहित अमेरिकाबीच तनाव बढ्दै गईरहेछ। यस समय यूक्रेनलाई एक लाखभन्दा धेरै रूसी सेनाले तीनै दिशाबाट घेरेर राखेको छ।

रूसी घेराबन्दी र यूक्रेनमाथि हमलाको आशंकाबीच पछिल्ला दिनहरूमा जेनेवामा रूस र अमेरिकाबीच यस मुद्दामा भएको वार्तामा रूसी उप विदेश मन्त्री रायबाकोवले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन सामू एक शर्त राखेका थिए। यस शर्तमा रूसले भनेको थियो, ‘अमेरिका र अन्य नाटो देशहरूले यूक्रेनलाई नाटोको हिस्सा नबनाओस्’। रूसका नेताहरूको भनाई थियो, रूसले अमेरिकाको साथ यस समस्याको स्थायी र स्पष्ट समाधान चाहन्छ। वस्तुतः रूसले नाटो सेनाहरूलाई आफ्नो सीमादेखि टाढ़ा राख्न चाहन्छ। अमेरिकाले तब त यूक्रेनलाई नाटोमा सामेल गर्नबारे कुनै वाचा गरेको थिएन। अब यस मामिलामा अमेरिका र नाटो देशहरूको पक्ष अघि आएको छ। अमेरिकाले रूसको यूक्रेनलाई नाटोको हिस्सा नबनाउने मागलाई खारेज गरेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande