Custom Heading

हाई कोर्टको प्रश्न राज्य सरकारलाई, स्कूल कहिले खोलिन्छ?
हाई कोर्टको प्रश्न राज्य सरकारलाई, स्कूल कहिले खोलिन्छ?


कोलकाता, 28 जनवरी (हि.स.)। दिनदिनै सबै सामान्य भइरहेको छ भने स्कूलको दैलो किन बन्द छ? यो प्रश्न कलकत्ता हाई कोर्टले शुक्रवार राज्य सरकारसॅंग गरेको हो। यसको जवाफमा सरकारले यस मामिलामा फैसला लिन काई कोर्ट समक्ष एक साताको समय माग्यो, जसलाई कोर्टले स्वीकार गरेको छ।

गत केही दिनदेखि बंगालभरि स्कूल र कलेजहरू तत्काल खोलिनु पर्ने माग उठ्न थालेको छ। स्कूल फेरि खोल्नु पर्ने मागलाई लिएर हाई कोर्टमा दर्ता गरिएको याचिकामाथि सुनवाई गर्दै मुख्य न्यायाधीश प्रकाश श्रीवास्वतको खण्डपीठमा सुनवाई भयो। न्यायमूर्ति श्रीवास्तवले भने, राज्यमा सबै कुरा खुल्ला छ, सबै कार्यक्रम भइरहेको छ, सरकारीदेखि लिएर प्राइवेटसम्म आयोजन भइरहेको छ, तर केवल शिक्षण संस्थानहरूलाई बन्द राखिएको छ। यसको कुनै औचित्य बन्दैन। राज्य सरकारले यस विषयमा के विचार गरिरहेको छ र के योजना छ, यस विषयमा लिखितमा जवाफ दिउन्।

उल्लेख्य, राज्यको शिक्षा मन्त्री ब्रात्य बसुले पहिला स्कूल खोल्ने सम्बन्धमा मुख्यमन्त्रीले अन्तिम निर्णय लिने बताएका थिए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande