कोलकाता, 29 जनवरी (हि.स.)। बर्दवान मेडिकल कलेज अस्पतालको कोविड वार्डमा शनिबार बिहान आगो लाग्दा एक कोरोना रोगीको मृत्यु भएको छ। मृत कोरोना रोगीको नाम सन्ध्या मण्डल बताइएको छ। 70 वर्षीय पूर्व बर्दवानको गलसी बारामुरिया गाउँ निवासी यस महिलालाई कोविड यूनिटमा भर्ती गराइएको थियो। यद्यपि, अग्निशमन टीम घटनास्थलमा पुग्न अगावै अस्पताल कर्मीहरूले आगो निभाए। पुलिस सूत्रहरू अनुसार, शनिबार बिहानै लगभग चार बजी अस्पतालको कोरोना वार्डमा आगो लाग्यो। सर्वप्रथम एक रोगीको आफन्तले आगो निस्केको देख्यो। फेरि उसले अरूहरूलाई उठायो। तब अस्पतालको उक्त यूनिटका सबै जना भाग्न थाले। आगो फैलेको देखेर सुरक्षा गार्ड र अन्यले आगो निभाउने प्रयास शुरू गरे।
जबसम्म दमकल पुग्यो तबसम्म आगोलाई लगभग निभाइएको थियो। प्रत्यक्षदर्शीहरू अनुसार, वार्डमा आगो फैलेको देख्नसाथ परिजन रोगीहरूलाई बाहिर निकाल्नमा जुटे तर सन्ध्या मण्डल बेडमै आगोको चपेटमा परिन्, जसबाट उसको मृत्यु भयो। यद्यपि, रोगीका परिजनहरूले शिकायत गरे, यदि उनीहरूलाई तुरन्तै वार्डमा पस्न दिएको भए सन्ध्या मण्डललाई बचाउन सकिन्थ्यो। अस्पतालका अधिकारीहरू अनुसार, 10 मिनटभित्र आगो निभाइयो। आगो कसरी लाग्यो, उनीहरूले जाँच गर्नेछन्। मामिलाको जाँचको निम्ति एक जाँच कमिटीको गठन गरिएको छ।
हिन्दुस्थान समाचार/भवानी