Custom Heading

बंगालमा अचानक तापमान चार डिग्री झऱ्यो
बंगालमा अचानक तापमान चार डिग्री झऱ्यो


कोलकाता, 29 जनवरी (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता समेत दक्षिण बंगालका अन्य हिस्साहरूमा एक पल्ट फेरि तापमानमा व्यापक स्तरमा कमी शुरू भएको छ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट शनिबार जानकारी गराइएको छ, आज राजधानी कोलकातामा न्यूनतम तापमान 12.1 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा तीन डिग्री कम हो। उक्त क्षेत्रहरूमा अधिकतम तापमान 21.5 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा पाँच डिग्री कम हो। यसले गर्दा राज्यमा एक पल्ट फेरि ठण्डा शुरू भएको छ। कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुरमा पनि तापमानमा व्यापक स्तरामा कमी भएको छ। यद्यपि, मौसम विभागले भनेको छ, तापमान यो ह्रास केही समयको निम्ति नै हो। अब छिट्टै नै राज्यमा सर्दी समाप्त हुनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande