Custom Heading

अब नौसेना कर्मीहरूलाई रियाटर भएपछि नौकरीको निम्ति भट्किनुपर्नेछैन
अब नौसेना कर्मीहरूलाई रियाटर भएपछि नौकरीको निम्ति भट्किनुपर्नेछैन


नयाँ दिल्ली, 29 जनवरी (हि.स.)। अब नौसेनाबाट सेवानिवृत्त भएपछि पूर्व कर्मीहरूलाई नोकरी खोज्नको निम्ति चिन्ता गर्नपर्नेछैन। यसको निम्ति भारतीय नौसेनाको प्लेसमेन्ट एजेन्सी (आईएनपीए) र इण्डिया इम्फोलाइन होम फाइनेन्स लिमिटेडले एक समझौत ज्ञापनमा हस्ताक्षर गरेको छ। दुवै संस्थाहरूले नौसेनाको अनुभवी कर्मीहरूको निम्ति नौकरीहरूको पत्तो लगाउनेछन्, जसबाट विभिन्न भूमिकाहरूमा कार्य गर्नमा सक्षम पूर्व कर्मीहरू, पूर्व सैनिकहरू र उनका आश्रितहरूलाई रोजगारको अवसर मिल्नेछ।

साधारणतः देखिएको छ, 15 सालको सेवापछि रियाटर हुँदा नौसेना कर्मीहरूलाई सरकारी र वा निजी क्षेत्रमा नोकरी खोज्नको निम्ति चिन्ता गर्नपर्थ्यो। यद्यपि, यसको निम्ति भारतीय नौसेना प्लेसमेन्ट एजेन्सी (आईएनपीए) को गठन गरिएको थियो तर यसबाट पूर्व नौसेना कर्मीहरूको समस्याको समाधान हुनसकिरहेको थिएन। अब आईएनपीएले आईआईएफएल होम फाइनेन्स लिमिटेड (आईआईएफएल एचएफएल) सित एउटा समझौता ज्ञापनमा हस्ताक्षर गरेको छ। दुवै संस्थाहरूले नौसेनाका अनुभवी कर्मीहरूको निम्ति नोकरीको पत्तो लगाउनेछन्। यसबाट आईआईएफएल एचएफएलमा विभिन्न भूमिकाहरूमा कार्य गर्नमा सक्षम पूर्व कर्मीहरू, पूर्व सैनिकहरू र उनका आश्रितहरूलाई रोजगारको अवसर मिल्नेछ।

भारतीय नौसेनाको कार्मिक सेवा नियन्त्रक वाइस एडमिरल सूरज बेरी र आईआईएफएल एचएफलका मुख्य कार्यकारी अधिकारी तथा प्रबन्ध निदेशक मोनू रात्राले यस समझौता ज्ञापनमा हस्ताक्षर गरे। आईएनपीएको प्रतिनिधित्व पूर्व सैनिक ईएसएम मामिलाहरूका प्रधान निदेशक कमोडोर पंकज शर्मा र नौसेना मुख्यालयमा ईएसएम मामिलाहरूका कमाण्डर कमोडोर विजय कुमारले गरे जबकि आईआईएफएल होम फाइनेन्स लिमिटेडको प्रतिनिधित्व कर्नल राजेश शुक्ला (सेवानिवृत्त), लीड सेल्स एण्ड बिजनेस डेवलपमेन्ट (वर्दीधारी बल) तथा आईआईएफएल एचएफएलमा हेड-एचआर सुश्री रश्मी प्रियाले गरे।

समझौता ज्ञापनको माध्यमले भारतीय नौसेनाको प्लेसमेन्ट एजेन्सी आईआईएफएल एचएफएलको मानकहरू अनुसार, प्रासंगिक भूमिकाहरूको निम्ति भूतपूर्व सैनिकहरू एवं आश्रित उम्मेद्वारहरूको एक पूलको पहिचान गरिनेछ। कम्पनीले यसको साटो इन-हाउस सम्मेलन र प्रशिक्षण कार्यक्रमहरूको माध्यमले यी व्यक्तिहरूलाई कोरपोरेट क्षेत्रमा काम गर्नका लागि सक्षम बनाउनेछ। आईआईएफएल एचएफएलको उद्देश्य पूर्व सैनिकहरूलाई उनीहरूको योग्यता, अनुभव एवं सेवा अवधिको समय हासिल गरिएका अनुभवहरू अनुरूप अवसर दिनु हो। प्रबन्ध निदेशक मोनू रात्राले राष्ट्रको निम्ति आफ्नो सेवा पूरा गरेपछि यी कर्मीहरूलाई रोजगारको अवसर खोज्नमा मद्दत गर्नका लागि भारतीय नौसेना प्लेसमेन्ट एजेन्सीको प्रयासहरूको सराहना गरे।

आईआईएफएल एचएफएलमा हेड-एचआर सुश्री रश्मि प्रियाले भनिन्, ‘निःस्वार्थ भावले देशको सेवा गर्ने नौसेना कर्मीहरूसित विशेष कौशल छ, जसलाई एक स्वस्थ विश्व बनाउने दिशामा प्रयोग गर्न सकिन्छ। यस समझौताबाट हामी देशको सशस्त्र बलहरूप्रति आफ्नो वचनबद्धतालाई अघि बढ़ाउने आशा गर्दछौं’। वाइस एडमिरल सूरज बेरीले भने, ‘आईएनपीए भूतपूर्व सैनिकहरू, वरिष्ठ कर्मीहरूको निम्ति रोजगारको अवसर खोज्नको निम्ति प्रतिबद्ध छ। यस्ता कार्यक्रमहरूको पहिचान र त्यसको विकास गर्नको निम्ति कोर्पोरेट क्षेत्रको साथ मिलेर काम गर्ने हाम्रो प्रयास छ। यस पहलमा आईआईएफएल एचएफएलको साथ गर्नको निम्ति हामी उत्सुक छौं’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande