Custom Heading

किरेन रिजिजूले एशिया कपमा पदक जितेकोमा भारतीय महिला हकी टीमलाई बधाई दिए
किरेन रिजिजूले एशिया कपमा पदक जितेकोमा भारतीय महिला हकी टीमलाई बधाई दिए


नयाँ दिल्ली, 29 जनवरी (हि.स.)। केन्द्रिय कानून एवं न्याय मन्त्री किरेन रिजिजूले शनिबार ओमानको मस्कटमा महिला एशिया कप 2022 मा कांस्य पदक जितेकोमा भारतीय महिला हकी टीमलाई बधाई दिएका छन्। सविताको अगुवाईमा भारतीय टीमले चीनलाई 2-0 ले पराजित गरी कांस्य पदकमा कब्जा गऱ्यो। भारतको निम्ति शर्मिला देवी (13') र गुरजीत कौर (19') ले गोल गरे।

रिजिजूले ट्वीट गरे, ‘चीनलाई 2-0 ले पराजित गरी महिला एशिया कप 2022 मा कांस्य पदक जितेकोमा भारतीय महिला हकी टीमलाई बधाई। पूरा देशलाई टीमको प्रदर्शनमाथि गर्व छ। टीमले भारतको निम्ति अझ् अधिक सम्मान ल्याउनेछ’। ज्ञात होस्, कांस्य पदक म्याचमा दुवै टीमले राम्रो आक्रमण र बचाव कौशलको प्रदर्शन गरे। भारत र चीन दुवैले गोल गर्ने सम्भावित अवसर बनाए औं पेनाल्टी कर्नर पनि हासिल गरे तर दुवै टीम यसलाई गोलमा परिणत गर्नमा असफल रहे।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande