चीनको मद्दतले पाकिस्तानमा बन्नेछ अन्तरिक्ष केन्द्र
चीनको मद्दतले पाकिस्तानमा बन्नेछ अन्तरिक्ष केन्द्र


बीजिङ, 29 जनवरी (हि.स.)। आर्थिक संकटको सामना गरिरहेको छिमेकी पाकिस्तान लगभग प्रत्येक कुराको निम्ति चीनमाथि निर्भर देखिएको छ। चीनको सहयोगमा पाकिस्तानले अन्तरिक्ष कार्यक्रमलाई अगाड़ी बढ़ाउने कार्यक्रम थालेको छ। यस अन्तर्गत चीनले अझ धेरै उपग्रह प्रक्षेपित गर्ने सहित इस्लामाबादका साथ अन्तरिक्ष सहयोग बढ़ाउने योजनाहरूको शुक्रवार घोषणा गरेको छ।

'चीनको अन्तरिक्ष कार्यक्रम: 2021 परिप्रेक्ष्य' शीर्षक रहेको श्वेत पत्रमा पाकिस्तानको धेरैपल्ट उल्लेख गरिएको छ। यसलाई स्टेट काउन्सिल अथवा सेण्ट्रल क्याबिनेटले जारी गरेको छ। यसमा चीनको बढ्दो अन्तरिक्ष उद्योगको निम्ति भविष्यमा त्यसको विस्तारका योजनाहरू उल्लेख गरिएको छ। चीनले चन्द्रमा र मंगलको निम्ति आफ्नो अभियान सफलतापूर्वक पूरा गरेको छ।

शुक्रवार जारी श्वेत पत्रमा भनिएको छ, चीनले पाकिस्तानको निम्ति सञ्चार उपग्रह विकसित गर्न र पाकिस्तान अन्तरिक्ष केन्द्रको निर्माणमा सहयोग गर्न प्राथमिकता दिने छ। चीनले अहिले आफ्नै अन्तरिक्ष स्टेशन बनाइरहेको छ, जुन यो वर्षसम्म पूरा हुने आशा छ। श्वेत पत्रमा अझ भनिएको छ, चीनले आगामी पॉंच वर्षमा अझ धेरै अन्तरिक्ष विज्ञान खोज गर्नेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande