टी-20 क्रिकेटमा एक क्यालेन्डर वर्षमा 50 छक्का लगाउने ब्याट्सम्यान बने सूर्यकुमार यादव
टी-20 क्रिकेटमा एक क्यालेन्डर वर्षमा 50 छक्का लगाउने ब्याट्सम्यान बने सूर्यकुमार यादव


गुवाहाटी, 03 अक्टोबर (हि.स.)। भारतीय ब्याट्सम्यान सूर्यकुमार यादवले टी-20 क्रिकेटमा एउटा विशेष उपलब्धी प्राप्त गरेका छन्। सूर्या क्रिकेटको इतिहासमा एक क्यालेन्डर वर्षमा खेलको सबैभन्दा सानो प्रारूपमा 50 छक्का लगाउने पहिलो ब्याट्सम्यान बनेका छन्। उनले गुवाहाटीमा दक्षिण अफ्रीका विरूद्ध दोस्रो टी-20 अन्तरराष्ट्रिय म्याचमा उक्त उपलब्धी प्राप्त गरेका हुन्।

म्याचमा सूर्याले केवल 22 बलमा उत्कृष्ट 61 रन बनाए। आफ्नो यस पारीमा उनले पॉंच चौका र पॉंच छक्का लगाए। यसका साथै सूर्यकुमारको नाममा अब 2022 को क्यालेन्डर इयरमा कुल 50 छक्का छ। पाकिस्तानका विकेटकीपर एवं ब्याट्सम्यान मोहम्मद रिजवान 42 छक्काको साथमा दोस्रो स्थानमा छन्। न्यूजील्याण्डका अनुभवी ब्याट्सम्यान मार्टिन गुप्टिल 2021 क्यालेन्डर इयरमा 41 छक्काका साथ तेस्रो स्थानमा छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande