सिविटार चियाबारीमा जारी फुटबल खेलको दोस्रो दिन बाघमारा बस्ती र नसीप स्पोर्टिङ क्लब बिजयी
सिविटार चियाबारीमा जारी फुटबल खेलको दोस्रो दिन बाघमारा बस्ती र नसीप स्पोर्टिङ क्लब बिजयी


खरसाङ, 03 अक्टोबर (हि.स.)। खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीको तितिरी खेल मैदानमा भइरहेको फुटबल टुर्नामेन्टको दोस्रो दिन आज दुईवटा खेल सम्पन्न भयो।

गत 1 अक्टोबरदेखि शुरु भएको फुटबल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेल सिविटार जुनियर बनाम बाघमारा बस्तीमाझ सम्पन्न भयो। उक्त खेलमा पहिलो हाफमा नै बाघमारा बस्तीले 3 गोल गरेर बढत बनाएको थियो। दोस्रो हाफको अन्तिम समयमा सिविटार जुनियरले पाएको पेनल्टीलाई सदुपयोग गर्दै गोलमा परिणत गर्न सक्षम बने। सिविटार जुनियरले उक्त एक गोल गरेर दर्शकहरूको मन जित्न सफल बन्यो। यद्यपि, बाघमारा बस्ती 3-1 को अन्तरले बिजयी बनेर दोस्रो चरणमा प्रवेश गरेको छ।

दोस्रो खेलमा नसीप स्पोर्टिङ क्लब सिविटार बनाम सकातार एफसी घुम्ती चियाबारीको भिडन्त भएको थियो। यस खेलमा नसीप स्पोर्टिङ क्लब सिविटार 3-0 को अन्तरले बिजय बनेर दोस्रो चरणमा प्रवेश गरेको छ। तेस्रो खेलमा भने सिलिमहिलले 5 नम्बर सिविटारलाई वक ओभर दिए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande