तम्बोलामा धोखाधड़ी, मामिला दर्ता, दुई पक्राउ
तम्बोलामा धोखाधड़ी, मामिला दर्ता, दुई पक्राउ


गान्तोक, 04 अक्टोबर (हि.स.)। रम्फूको गोली ग्राउण्डमा खेलाइएको तम्बोलामा विवाद सिर्जना भएपछि कथित एक विजेताले आयोजक विरूद्ध प्राथमिकी दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले दुई जनालाई पक्राउ पनि गरेको छ।

पुलिस रिपोर्ट अनुसार, परबिङ- नाम्ची निवासी एक व्यक्तिले प्राथमिकी दर्ता गराएका छन्। उनले 2 अक्टोबरको दिन रम्फू गोली ग्राउण्डमा तम्बोला खेल्न आएको तथा मिनी बम्पर र मेगा बम्परको टिकट काटेको जनाएका छन्। उनले फोर कर्नर र बटम लाइन जितेको दाबी पनि गरेका छन्। तर, आयोजकले उनलाई जितेको रकम नदिएको उनले आरोप लगाएका छन्। उनले लगभग 3.5 लाख रूपियॉं जितेको बताइएको छ।

पुलिसले यस सन्दर्भमा दुई जनालाई पक्राउ गरेको छ। पुलिसले आईपीसीको धारा 417/420/120बी अन्तर्गत मामिला दर्ता गरेर छानबिन गरिरहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande