महाराष्ट्रमा आदिपुरूष फिल्म रिलीज हुन दिने छैनौंः राम कदम
महाराष्ट्रमा आदिपुरूष फिल्म रिलीज हुन दिने छैनौंः राम कदम


मुम्बई, 06 अक्टोबर (हि.स.)। भारतीय जनता पार्टीका प्रदेश प्रवक्ता राम कदमले आदिपुरूष फिल्म महाराष्ट्रमा रिलीज हुन नदिने बताएका छन्। यस फिल्ममा हिन्दू देवी-देवताहरूको पेरोडी गरिएका छन्, जसलाई कुनै पनि स्थितिमा सहन नगर्ने उनले बताएका छन्।

राम कदमले बिहीवार पत्रकारहरूलाई भने, प्रचार पाउन फिल्म निर्माताहरूले देवताहरूको पेरोडी गरेर करोडौं हिन्दुहरूको भावनालाई आहत पुऱ्याएका छन्। यसका लागि उनीहरूले माफी माग्नु पर्नेछ। यस्तो घिनलाग्दो विचारधारालाई शिक्षा दिन यो फिल्म ब्यान गरिनु पर्छ। साथै यसका लागि जिम्मेवार मानिसहरूलाई केही समयको निम्ति इण्डस्ट्रीबाट ब्यान गरिनु पर्छ।

वास्तवमा, केही दिन अघि फिल्म आदिपुरूषको टीजर रिलीज गरिएको थियो। यसपछि धेरैले यो फिल्मलाई ट्रोल गरे। फिल्ममा प्रभासले रामको भूमिका निभाएका छन्। यसै गरी, सीताको रोल कृति सेनन र रावणको रोलमा सैल अली खान छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande