उत्तराखण्डः उत्तरकाशीको उच्च हिमाली क्षेत्रहरूमा ट्रेकिङमा रोक
उत्तराखण्डः उत्तरकाशीको उच्च हिमाली क्षेत्रहरूमा ट्रेकिङमा रोक


उत्तरकाशी, 06 अक्टोबर (हि.स.)। उत्तराखण्डमा वर्षाका साथै हिमपात शुरू भएको छ। उच्च हिमाली क्षेत्रहरूमा व्यापक हिमपात शुरू भएको छ। यस कारण जिल्ला अधिकारीले ट्रेकिङ र पर्वतारोहण गतिविधिहरूमा रोक लगाएका छन्।

मौसम विज्ञान विभाग, देहरादूनले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान जारी गरेको छ। गढवाल मण्डलका केही जिल्लाहरूमा भारी वर्षाको सम्भावना व्यक्त गरिएको छ। उत्तरकाशी जिल्लाको उच्च उचाई क्षेत्रमा हिमपातको सम्भावना छ।

यस कारण डीएम अभिषेक रूहेलाले ट्रेकिङ र पर्वतारोहण दलको सुरक्षालाई ध्यानमा राख्दै ट्रेकिङ र पर्वतारोहण गतिविधिहरू बन्द राख्ने निर्णय लिएका छन्। ओदश अनुसार, यस अवधि कुनै पनि दललाई ट्रेकिङ र पर्वतारोहणको निम्ति अनुमति प्रदान गरिने छैन।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande