रम्फू चेक-पास्टबाट प्रतिबन्धित नशालु पदार्थसहित चार पक्राउ
रम्फू चेक-पास्टबाट प्रतिबन्धित नशालु पदार्थसहित चार पक्राउ


गान्तोक, 29 नोभेम्बर (हि.स.)। पाकिम जिल्ला अन्तर्गत रम्फू पुलिसले चेक-पोस्टबाट भिन्न-भिन्नै मामिलामा प्रतिबन्धित नशालु पदार्थको साथमा चार जनालाई पक्राउ गरेको छ।

पुलिस रिपोर्ट अनुसार, हिजो दिउॅंसो सिलगढीबाट गान्तोक आइरहेका एसएनटी बसमा यात्रा गरिरहेका दुई व्यक्तिलाई संदिग्ध ब्राउन शुगरसहित पक्राउ गरियो। आरोपित व्यक्तिहरूबाट 6.22 ग्राम संदिग्ध ब्राउन शुगर जफत गरियो। पक्रा पर्ने व्यक्तिहरूको नाम बुद्ध प्रधान र शिव प्रधान रहेको बताइएको छ। आरोपितहरू विरूद्ध एनडीपीएस एक्ट, 1985 अन्तर्गत मामिला दर्ता गरिएको छ।

एउटा अन्य मामिलामा पुलिसले वाहनहरूको जॉंचको क्रममा चेक-पोस्टबाट दुई जनालाई पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिहरूबाट पुलिसले 1558 वटा विनस्पास्मो फोर्टे क्याप्सुल जफत गरेको छ। आरोपित व्यक्तिहरूको नाम रिकेश सुजी र रबर्ट राई रहेको बताइएको छ। उनीहरू एउटा ट्याक्सी वाहनमा यात्रा गरिरहेका थिए। पुलिसले साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande