दार्जीलिङ हिल म्याराथनको लागि खरसाङमा प्रमोशनल ऱ्याली सम्पन्न
दार्जीलिङ हिल म्याराथनको लागि खरसाङमा प्रमोशनल ऱ्याली सम्पन्न


खरसाङ, 30 नोभेम्बर (हि.स.)। दार्जीलिङ पुलिसको आयोजनामा भइरहेको दार्जीलिङ हिल म्याराथनको लागि आज खरसाङमा प्रमोशनल ऱ्याली सम्पन्न भयो।

खरसाङ पुलिस थानाको आयोजनामा सम्पन्न उक्त प्रमोशनल ऱ्याली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै वर्द्धमान रोड भएर पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भयो। दार्जीलिङ हिल म्याराथनको प्रमोशनका लागि पुसअप र प्ल्याङ प्रतियोगिता आयोजन गरेर पुरस्कृत गरिएको थियो।

उल्लेख्य, दार्जीलिङको पुलिसको आयोजनामा प्रत्येक वर्ष दार्जीलिङमा ’दार्जीलिङ हिल म्याराथन’ को आयोजना गरिन्छ र यसपाली उक्त म्याराथन आगामी 4 दिसम्बरको दिन भइरहेको छ।

खरसाङमा सम्पन्न उक्त प्रमोशनल ऱ्याली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ थानाका आईसी निबेन्दु सरकारले दार्जीलिङ पुलिसद्वारा दार्जीलिङ हिल म्याराथनको निम्ति प्रमोशनल ऱ्याली सम्पन्न भएको बताए। उनले म्याराथन 10 किलोमिटरको र 21.1 किलोमिटरको दुई क्याटगोरीमा सम्पन्न गरिने बताए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande