अस्ट्रेलिया विरूद्ध टी-20 श्रृंखलाको निम्ति भारतीय महिला टीम घोषित, पूजा वस्त्राकर बाहिर
अस्ट्रेलिया विरूद्ध टी-20 श्रृंखलाको निम्ति भारतीय महिला टीम घोषित, पूजा वस्त्राकर बाहिर


मुम्बई, 02 दिसम्बर (हि.स.)। अखिल भारतीय महिला चयन समितिले शुक्रवार अस्ट्रेलिया विरूद्ध आगामी पॉंच म्याचको टी-20 श्रृंखलाको निम्ति भारतीय टीमको घोषणा गरेको छ। अलराउण्डर खेलाड़ी पूजा वस्त्राकरलाई चोटका कारण यस श्रृंखलाको निम्ति टीमबाट बाहिर राखेको छ।

भारतीय टीम 09 दिसम्बरदेखि 20 दिसम्बरसम्म अस्ट्रेलिया विरूद्ध 5 म्याचको श्रृंखला खेल्नेछ। श्रृंखलाको पहिलो म्याच 09 दिसम्बर, दोस्रो 11, तेस्रो 14, चौथो 17 र अन्तिम म्याच 20 दिसम्बरमा खेलिने छ।

अस्ट्रेलिया विरूद्ध टी-20 सीरीजको निम्ति भारतीय टीम यस प्रकार छः

हरमनप्रीत कौर (कप्तान), स्मृति मंधाना (उप-कप्तान), शैफाली वर्मा, यास्तिका भाटिया (विकेटकीपर), जेमिमा रोड्रिग्स, दीप्ति शर्मा, राधा यादव, राजेश्वरी गायकवाड़, रेणुका सिंह ठाकुर, मेघना सिंह, अंजलि सरवानी, देविका वैद्य, एस मेघना, ऋचा घोष (विकेटकीपर), हरलीन देओल।

नेट बलर- मोनिका पटेल, अरुंधति रेड्डी, एसबी पोखरकर, सिमरन बहादुर।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande