सिक्किमका दुई खेलाड़ीले वर्ल्ड बडी बिल्डिङ च्याम्पियनशीपमा भाग लिने
सिक्किमका दुई खेलाड़ीले वर्ल्ड बडी बिल्डिङ च्याम्पियनशीपमा भाग लिने


गान्तोक, 02 दिसम्बर (हि.स.)। बडी बिल्डिङ एसोसिएशन अफ् सिक्किमले आफ्ना दुई जना खेलाड़ीलाई 13औं वर्ल्ड बडी बिल्डिङ एण्ड फिजिक च्याम्पियनशीपमा भाग लिन थाइल्याण्ड पठाइरहेको छ। एसोसिएशनको तर्फबाट तेन्जिङ छोपेल भोटिया र कल्पना छेत्रीले देशलाई प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिनेछन्।

एसोसिएशनका महासचिव पेमा डब्ल्यु. डी. भोटियाले आज प्रेसवार्तामा बताए अनुसार, उक्त प्रतियोगिता आगामी 6 देखि 12 दिसम्बरसम्म थाइल्याण्डमा हुनेछ। प्रतिभागी टोली यहॉंका 4 दिसम्बरमा प्रस्थान हुनेछ। सिक्किमका तेन्जिङ छोपेल भोटियाले मेन्स फिजिक र कल्पना छेत्रीले वुमन्स फिजिकमा प्रतिस्पर्धा गर्नेछन्।

उनले मालदिभ्समा भएको एशिया च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा राज्यका दुई खेलाड़ीको चयन गरिएको जानकारी गराए। उक्त प्रतियोगितामा दुवै खेलाड़ीले राम्रो प्रदर्शन गरेको र आउॅंदो वर्ल्ड च्याम्पियनशीपमा पनि राम्रो प्रदर्शन गर्ने उनले आशा व्यक्त गरे।

खेलाड़ीद्वयले विश्वस्तरको उक्त प्रतियोगिताको निम्ति कड़ा परिश्रम गरेको र राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande