गान्तोक, 04 दिसम्बर (हि.स.)। मणिपुरमा संगाई महोत्सव अवधि ‘एनई ओपन बोल्डरिङ कम्पिटीशन’ मा सिक्किममा दुई खेलाड़ीले कांस्य पदक जितेका छन्। उक्त प्रतियोगिता 29 र 30 नोभेम्बरमा आयोजित भएको थियो।
‘एनई ओपन बोल्डरिङ कम्पिटीशन’ मा सिक्किमको तर्फबाट जुनियर वर्गमा आयुष राई र पुरुष खुल्ला वर्गमा मनिष प्रधानले भाग लिएका थिए। दुवैले आ-आफ्नो वर्गमा उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जितेका छन्।
आईएचसीएईले खेलाड़ीहरूको यस उपलब्धिका लागि बधाई दिएको छ। आईएचसीएईले यस प्रतियोगितामा सहभागी बन्नका लागि खेलाड़ीहरूलाई आर्थिक सहायता प्रदान गरेकोमा शहरी विकास विभागका चेयरपर्सन केबी राईप्रति आभार व्यक्त गरेको छ। यसै गरी, आईएचसीएईले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने तमाम व्यक्तिहरूलाई पनि धन्यवाद दिएको छ।
हिन्दुस्थान समाचार/बिशाल