मुख्यमन्त्री पारम्परिक आर्चरी प्रतियाेगिता: सिच्चे माभिरिक्स फाइनलमा प्रवेश
सिच्चे माभिरिक्स फाइनलमा प्रवेश


नाम्ची, 10 मई (हि.स.)। नाम्चीकाे ताङसाङस्थित आर्चरी खेल मैदानमा आज 20औं मुख्यमन्त्री पारम्परिक आर्चरी प्रतियाेगिताकाे प्रथम सेमिफाइनल खेल सम्पन्न भयाे। यस प्रतियाेगिताकाे आयाेजना सिक्किम आर्चरी एसोसिएशनकाे सहयाेगमा नाम्चीकाे टेण्डाेङ अर्चरी कल्बले गरेकाे हाे। आजकाे कार्यक्रममा शिक्षा तथा खेलकुद एवं युवा मामिला विभागका मन्त्री कुङ्गा निमा लेप्चाकाे उपस्थिति रहेकाे थियाे।

स्मरण गराइन्छ, यो प्रतियाेगिता गत 01 मईदेखि शुरू भएकाे हो र प्रतियाेगिताकाे फाइनल खेल आगामी 15 मईमा सम्पन्न हुनेछ। कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे आजकाे खेलमा टीएसी नाम्चीलाई पराजित गरेर सिच्चे माभिरिक्स फाइनलमा प्रवेश गर्न सफल भयाे। यसैगरि, भाेलि ग्रीनतारा र डपेन गेजिङमाँझ दास्राे सेमिफाइनल खेल सम्पन्न हुनेछ।

कार्यक्रममा साँस्कृतिक नृत्य आदि पनि प्रस्तुत गरिएको थियाे। यस अवसरमा जिल्लापाल एम. भरणी कुमार, खेलकुद एवं युवा मामिला विभागका संयुक्त निर्देशक छिरिङ अङ्मु भाेटिया, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसी तामाङ, एससीपीसीआरकी अध्यक्ष राेमा तामाङ, रालाङ गुम्पाका खम्बु दाेर्जी लाेबे छुटिम, विभिन्न विभागका अधिकारीगण आदिकाे उपस्थिति रहेकाे थियाे।

हिन्दुस्थान समाचार/किशन


 rajesh pande