नाम्ची, 11 मई (हि.स.)। नाम्चीकाे ताङसाङस्थित आर्चरी खेल मैदानमा आज 20औं मुख्यमन्त्री स्वर्ण कप परम्परागत आर्चरी प्रतियोगिता (कम्पाउण्ड) काे दोस्राे सेमिफाइनल खेल सम्पन्न भयाे। आजकाे कार्यक्रममा भू प्रयोग एवं पार्यवरण विभागका सल्लाहकार भगिरथ राई मुख्य अतिथि रहेका थिए। सिक्किम आर्चरी संघकाे सहयाेगमा टेण्डाेङ आर्चरी कल्बले आयाेजना गरेकाे यस प्रतियोगिताकाे दोस्राे सेमिफाइनल खेल ग्रीन तारा गान्ताेककाे भिडन्त पेमायाङछी दापेन गेजिङकाे माझमा भएको थियाे।
यस खेलमा ग्रीन तारा गान्ताेकले पेमायाङछी दापेन गेजिङलाई पराजित गरेर फाइनलका प्रवेश गरेकाे छ। आगामी 15 मईको दिन फाइनलमा ग्रीन तारा गान्ताेककाे भिडन्त सिच्छे माभिरिक्स गान्ताेकमाँझ हुुनेछ। आज वन तथा वातावरण विभागका सल्लाहकार गाेदेन छिरिङ भाेटिया, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाशी दोर्जी तामाङ, भू राजस्व विभागका उपनिर्देशक छाेडा भाेटिया, निउ लाइट एकाडमीका प्राचार्य लाेप्जाङ लामा साथै स्थानीया गाउँलेहरूकाे उपस्थिति रहेकाे थियाे।
हिन्दुस्थान समाचार/किशन