श्रीलंकामा स्थिति अनियन्त्रित, मन्त्रीहरूको घर जलाइयो
श्रीलंकामा स्थिति अनियन्त्रित, मन्त्रीहरूको घर जलाइयो


कोलम्बो, 11 मई (हि.स.)। आर्थिक र राजनीतिक संकटले घेरिएको श्रीलंकामा स्थिति अनियन्त्रित भएको छ। रूष्ट भीड़ले मन्त्रीहरूको घर जलाएको छ। धेरै सांसदहरूलाई नाङ्गो पारेर कुटिएको छ। सरकारले सड़कहरूमा सेना उतारेको छ र उपद्रवीहरूलाई देख्नसाथ गोली ठोक्ने आदेश दिइएको छ।

श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएपछि उपद्रव जारी छ। राजपक्षेको सरकारी आवासलाई जलाएपछि अब सनथ निशान्ता, जनसन फर्नान्डो, प्रसन्ना राणातुङ्गा सहित धेरै मन्त्रीहरूको घर जलाइयो। जनताको रोष सत्तारूढ़ दलका सासंदहरूमाथि फुटेको छ। धेरै सांसदहरूलाई ज्यान बचाएर भाग्न पऱ्यो। केही सांसदहरूलाई नाङ्गो पारेर कुटिएको फोटो र भीडियो भाइरल भएको छ।

यस हिंसामा अहिलेसम्म 10 जनाको मृत्यु र सैकड़ौं मानिसहरू घाइते भएको पुष्टि भएको छ। स्थितिलाई नियन्त्रण गर्नका लागि थलसेना, वायुसेना र नौसेनालाई उतारिएको छ। रक्षा मन्त्रालयले सैनिकहरूलाई लूटपाट गर्नेहरू, राष्ट्रिय सम्पत्तिहरूलाई नोकसान पुऱ्याउनेहरू र उपद्रव गर्नेहरूलाई देख्नसाथ गोली ठोक्ने आदेश दिएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande