भलिबल प्रतियाेगिता: दरामदिनले सर्गमलाई पराजित गऱ्यो
भलिबल प्रतियाेगिता


नाम्ची, 11 मई (हि.स.)। दक्षिण सिक्किमअन्तर्गत सुम्बुकमा आज अन्तर सिक्किम भलिबल प्रतियाेगिताकाे 9औं दिनकाे खेल सम्पन्न भयाे। 47औं राज्य दिवसलाई केन्द्र गरेर यस प्रतियाेगिताकाे आयाेजना स्थानीय युवाहरूले गरेका हुन्। आजकाे कार्यक्रममा काैशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई मुख्य अतिथि रहेका थिए भने विशिष्ट अतिथिकाे रूपमा एसकेएम पार्टीका मल्ली समष्टिका सल्लाहकार एलएम प्रधान उपस्थित थिए।

कार्यक्रमकाे मुख्य आकर्षणकाे रूपमा रहेकाे आजकाे खेलमा दरामदिनले सर्गमलाई पराजित गऱ्यो। कार्यक्रममा साँस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियाे। यस अवसरमा बीओ भुपेन शर्मा, एपीओ रूपेन राई, सुम्बुक ओपीका आइसी मिलन तामाङ आदिकाे पनि उपस्थिति रहेकाे थियाे।

हिन्दुस्थान समाचार/किशन


 rajesh pande