बलिउड अभिनेत्री करीना कपूरको पहिलो वेब सिरिज कालेबुङको विभिन्न क्षेत्रहरूमा छांयाकन जारी
बलिउड अभिनेत्री करीना कपूर


कालेबुङ, 12 मई (हि.स.)। बलिउड अभिनेत्री करीना कपूरको वेब सिरिजको सुटिङ अहिले कालेबुङका विभिन्न क्षेत्रहरूमा धमाधम भइरहेको छ। करिना कपूर र सुजय घोषको वेब सिरिज 'डिवोशन' शुटिङको निम्ति बिलवुड नायिका करिना कपूर कालेबुङ आएकी छिन्। वेब सिरिजको शुटिङ लाभादेखि 3 किलोमिटर तल स्याल पोखरीमा चलिरहेको छ। कालेबुङ जिल्ला अन्तर्गत गोरुबथान खण्ड 43 नम्बर समष्टि जोन 2 स्थित फापर खेती ग्राम पञ्चायतमा स्याल पोखरीको लोकेशन रहेको छ।

प्राप्त जानकारी अनुसार अभिनेत्री करीना कपूर आगामी 25 मईसम्म आफ्नो शुटिङको निम्ति कालेबुङमा रहने छिन्। कालेबुङबाहेक सिक्किमको राजधानी गान्तोक र अन्य क्षेत्रहरूमा पनि उनी शुटिङको निम्ति जानेछिन्।

उल्लेखनीय छ, उक्त वेब सिरिजको निर्देशन वरिष्ठ निर्देशक सुजय घोषले गरिरहेका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande