नाबालिगमाथि यौन दुर्व्यवहार, आरोपित पक्राउ
नाबालिगमाथि यौन दुर्व्यवहार


गान्तोक, 12 मई (हि.स.)। देन्ताम पुलिस थाना क्षेत्रमा पर्ने एउटा गाउॅंमा एकजना नाबालिगमाथि यौन दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। यस घटनाको सन्दर्भमा पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पुलिस अनुसार, घटनाबारे पीड़ित पक्षले बुधवार थानामा लिखित जानकारी दिएका थिए। एउटी 16 वर्षीय नाबालिग दोकानबाट घर फर्किरहेको समय आरोपित व्यक्तिले जबरजस्ती उसको कोठामा लिएर गएको र यौन दुर्व्यवहार गरेको आरोप छ।

प्राथमिकीको आधारमा पुलिसले एमडी. सोनूलाई पक्राउ गरेको छ। 26 वर्षीय आरोपित व्यक्ति मूल रूपमा पश्चिम बंगालको रायपुर निवासी हुन्। उनी पेशाले एक काठ मिस्त्री हुन्। पुलिसले पोक्सो अधिनियम, 2012 अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande