गंगालाई जीवन दिने गोमुख ग्लेशियर तीव्र गतिमा पग्लिरहेको छ
गंगालाई जीवन दिने गोमुख ग्लेशियर तीव्र गतिमा पग्लिरहेको छ


उत्तरकाशी, 13 मई (हि.स.)। गोमुख ग्लेशियर पग्लने कारणहरूलाई लिएर वैज्ञानिकहरूको भिन्न-भिन्नै मत हुन सक्छन्, तर भारतको दोस्रो सबैभन्दा ठूलो अनि गंगालाई जीवन दिने गोमुख ग्लेशियर तीव्र गतिमा पग्लने क्रम जारी छ। ग्लोबल वार्मिङ, बद्लिॅंदो मौसम चक्र जस्ता कारणहरूले ग्लेशियरको गोमुख भाग तीव्र गतिमा सुक्न थालेको छ।

सरकारी आंकड़ाहरूमा 30.20 किमी लामो गंगोत्री ग्लेशियर कण्टूर म्यापिङको आधारमा अब पग्लिएर 25 किलोमिटरभन्दा कम रहेको छ। नासाको एक अध्ययन अनुसार, गंगोत्री ग्लेशियर 25 मीटर प्रतिवर्षको वेगले सुकिरहेको छ। यद्यपि, यसको चौड़ाई र मोटाईको पग्लने रफ्तार र सहायक ग्लेशियरहरूको स्थितिलाई लिएर अहिलेसम्म कुनै आधिकारिक अध्ययन प्रकाशमा आएको छैन।

छ दशकभन्दा पनि धेरै समयदेखि गंगोत्रीमा डेरा जमाएर हिमशिखरहरू पार गर्दै हिमालयको पर्यावरणीय अध्ययन गर्ने तथा साक्ष्यको रूपमा वर्ष 1948 देखि 1990 सम्मको अवधिमा 8 क्विन्टल स्लाइड र फोटो संग्रह गर्ने 90 वर्षीय ब्रह्मलीन सुन्दरानन्दले भने, गंगोत्री ग्लेशियर चारैतिरबाट सुक्दै गइरहेको छ। सीता, मेरू आदि धेरै ग्लेशियरहरूको अस्तित्व समाप्त भइसकेको छ।

ग्लेशियर चर्कने र पग्लने एउटा सतत प्रक्रिया हो। यो धेरै कारणहरूले तीव्र गतिमा भइरहेको छ। गोमुखदेखि गंगोत्रीसम्म 18 किमी टाड़ा ग्लेशियरको टुक्रा आउनु सम्भव छैन। गंगोत्री ग्लेशियरमा मानवीय गतिविधिहरू सीमित गरिनु पर्छ। साथै, भोजवासा गोमुख क्षेत्रमा वानस्पतिक आवरण बढ़ाउनु पर्ने आवश्यकता छ। हरमे डोकराणी ग्लेशियरमा अटोमेटिक वेदर स्टेशन तथा भोजवासा एवं चाड़वासामा कार्बन डाइअक्साइड मापन यन्त्रहरू जडान गरिएका छन्।

वाडिया इन्स्टीट्यूटका वैज्ञानिकहरू अनुसार, बढ़दो तापमानको प्रभाव गोमुखसहित अन्य ग्लेशियरहरूमा परिरहेको छ। अहिले यसको अध्ययन चलिरहेको छ। रिपोर्ट तयार भएपछि मात्र केही भन्न सकिने छ।

वर्तमानमा चारधामको कपाट खोलिएको छ। यस्तो स्थितिमा गंगोत्री, यमुनोत्री, केदारनाथ र बद्रीनाथमा मानवीय चहल-पहल र वाहनहरूको आवागमन शुरू भएको छ। यस कारण उच्च हिमालयको तापमानमा बढ़ोतरी भएको छ। गंगोत्री घाटीमा पनि यसको प्रभाव देखिन थालेको छ। विशेषरूपमा, गंगाको उद्गम गोमुख ग्लेशियरमा यो वर्ष गर्मीको प्रभाव देखिएको छ। गंगोत्रीको रावल राजेश सेमवालले गोमुख ग्लेशियर गत वर्षको तुलनामा यसपाली निकै परिवर्तित देखिएको बताएका छन्।

गोमुख ग्लेशियर बचाओ दलकी शान्ति ठाकुरले भनिन्, हिमालय उत्तराखण्डको होइन, तर सम्पूर्ण भारतको प्राण हो। हिमालय बाच्यो भने मात्र देश बाच्नेछ। उच्च हिमालय क्षेत्रहरूमा मानवीय हस्तक्षेपले हिमालय ग्लेशियर तीव्र गतिमा पग्लने क्रम जारी छ। उनले लामो समयदेखि गोमुख ग्लेशियर क्षेत्रमा मानवीय आवागमन बन्द हुनुपर्छ भनेर आवाज उठाइरहेको, तर सरकारले यस दिशामा ध्यान नदिएको बताएकी छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande