एक सांसद भएको पार्टीका नेता रानिल विक्रमसिंघे बने श्रीलंकाका नयॉं प्रधानमन्त्री
रानिल विक्रमसिंघे बने श्रीलंकाका नयॉं प्रधानमन्त्री


कोलम्बो, 13 मई (हि.स.)। श्रीलंकामा जारी आर्थिक एवं राजनीतिक गतिरोधबीच रानिल विक्रमसिंघेलाई नयॉं प्रधानमन्त्री बनाइएको छ। उनी पहिला पनि चारपल्ट श्रीलंकाका प्रधानमन्त्री रहिसकेका छन्।

श्रीलंकामा भीषण आर्थिक संकटलाई लिएर जनान्दोलनले राजनीतिक संकट पनि जन्माएको थियो। यसपछि, प्रधानमन्त्री महिंदा राजपक्षेले राजीनामा दिनु परेको थियो। श्रीलंकाभरि भएको हिंसापछि संकट लगातार बनिरहेको छ। अब चारपल्ट देशका प्रधानमन्त्री रहिसकेका रानिल विक्रमसिंघेलाई श्रीलंकाको नयॉं प्रधानमन्त्री बनाइएको छ। राष्ट्रपति गोटबाया राजपक्षेले उनलाई प्रधानमन्त्रीको रूपमा पद एवं गोपनीयताको शपत दिलाए।

संसदमा विक्रमसिंघेको यूनाइटेड नेशनल पार्टीको मात्र एक सांसद छ। तरै पनि असल राजनीतिक प्रशासकको छविका कारण उनलाई संयुक्त सरकारको प्रधानमन्त्री बनाइएको हो।

यस बीच श्रीलंकाको एक अदालतले महिंदा राजपक्षे र उनको पार्टीका 12 अन्य नेतालाई देश छोड्न प्रतिबन्ध लगाएको छ। श्रीलंकामा पूर्व प्रधानमन्त्री महिंदा राजपक्षेको राजीनामापछि भड्किएको हिंसा रोकिएको छैन। देशभरि अहिले सरकार विरूद्ध व्यापक प्रदर्शन भइरहेको छ। संकटबीच प्रधानमन्त्री पदबाट राजीनामा दिने महिंदा राजपक्षे आफ्ना नजिकका मानिसहरूमाथि आक्रमणका कारण एउटा नौसेना अड्डामा सुरक्षा घेरामा छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande