आतङ्की हमलामा पुलिस कन्स्टेबल शहीद
आतङ्की हमलामा पुलिस कन्स्टेबल शहीद


पुलवामा, 13 मई (हि.स.)। पुलवामा जिल्लाको गुडारू क्षेत्रमा शुक्रवार आतङ्कीहरूले पुलिस कन्स्टेबलमाथि हमला गरे। हमलामा गम्भीर रूपमा घाइते भएका पुलिस कन्स्टेबलले अस्पतालमा उपचारको क्रममा अन्तिम सास लिए। हमलापछि आतङ्कीहरू भागेका छन् भने सुरक्षाबलहरूले खोज अभियान शुरू गरेको छ।

शुक्रवार गुडारू क्षेत्रमा कन्स्टेबल रियाज अहमद आफ्नो घर बाहिर उभिएका थिए। यस अवधि आतङ्की अचानए आए अनि रियाजमाथि गोलीबारी गरे। गोली लागेपछि पुलिस कन्स्टेबल जमिनमा लड़े। त्यसपछि, आतङ्कीहरू त्यहॉंबाट भागे। स्थानीय मानिसहरूको मद्दतले रियाजलाई तत्काल जिल्ला अस्पताल पुऱ्याइयो। उनको गम्भीर स्थितिलाई ध्यानमा राख्दै चिकित्सकहरूले उनलाई श्रीनगरको सैन्य अस्पताल रेफर गरिदियो। श्रीनगर अस्पतालमा उनले उपचारको क्रममा अन्तिम सास लिए।

हमलाको तत्कालपछि एसओजीका जवान, सेना र सीआरपीएफको संयुक्त दलले गुडारू क्षेत्रमा पुगेर आतङ्कीहरू विरूद्ध खोज अभियान शुरू गरेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande