पाकिस्तानी सेना प्रमुख विरूद्ध मरियम शरीफको टिप्पणीले आर्मी भड्कियो
पाकिस्तानी सेना प्रमुख विरूद्ध मरियम शरीफको टिप्पणीले आर्मी भड्कियो


इस्लामाबाद, 13 मई (हि.स.)। पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम शरीफद्वारा सेना प्रमुख विरूद्ध गरिएको टिप्पणीले पाकिस्तान सेना रिसाएको छ। मरियमले सेना प्रमुख एक निष्कलंक व्यक्ति हुनुपर्छ भनेकी थिइन्। उनको उक्त बयानपछि पाकिस्तानी सेनाले राजनेताहरूलाई आधारहीन बयान नदिन सुझाउ दिएको छ।

पाकिस्तानी मुस्लिम लीग-एनकी उपाध्यक्ष मरियम नवाजले बिहिवार सेना प्रमुख एक यस्तो व्यक्ति हुनुपर्छ जसको प्रतिष्ठा निष्कलंक अनि कुनै पनि आलोचना र सन्देहबाट मुक्त हुनुपर्छ भनेकी थिइन्। रिपोर्ट अनुसार, मरियमले बिहिवार इस्लामाबाद उच्च न्यायालय बाहिर एक संवाददाता सम्मेलनमा रक्षामन्त्री ख्वाजा आसिफको टिप्पणी विरूद्ध एक प्रश्नको जवाफ दिॅंदै यसो भनेकी हुन्। आसिफले आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीदको नाममा विचार गर्न सकिने बताएका थिए।

वर्तमानमा मरियमले मात्र होइन, तर पाकिस्तानका धेरै नेताहरूले आर्मी चीफको रिटायरमेन्ट अनि नयॉं आर्मी चीफमाथि आफ्नो विचार राख्दै टिप्पणी गरिरहेका छन्। जानकारी अनुसार पाकिस्तानका वर्तमान आर्मी चीफ कमर जावेद बाजवा नोभेम्बरमा सेवानिवृत्त भइरहेका छन्। 61 वर्षीय जनरल बाजवालाई 2016 मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले सेना प्रमुखको रूपमा नियुक्त गरेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande