पेट्रोल-डीजलको दाम स्थिर, कॉंचो तेल 109 डलरप्रति ब्यारल
पेट्रोल-डीजलको दाम स्थिर


नयॉं दिल्ली, 13 मई (हि.स.)। रूस-यूक्रेन संकटबीच घरेलू बजारमा पेट्रोल र डीजलको दाम स्थिर रहेको छ। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाम 109 डलर प्रति ब्यारल पुगेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले शुक्रवार पनि पेट्रोल र डीजलको दाममा बढ़ोतरी गरेको छैन। राजधानी दिल्लीमा पेट्रोलको दाम 105.41 रूपियॉं र डीजलको दाम 96.67 रूपियॉंप्रति लिटर पुगेको छ।

इण्डियन ओएलको वेबसाइट अनुसार देशका अन्य महानगरहरू मुम्बईमा पेट्रोल 120.51 रूपियॉं र डीजल 104.77 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। कोलकातामा पेट्रोल 115.12 रूपियॉं र डीजल 99.83 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ। यसैगरी, चेन्नईमा पेट्रोल 110.85 रूपियॉं र डीजल 100.94 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ।

उल्लेखनीय छ, रूस-यूक्रेन संकटबीच अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घटबढ जारी रहेको छ। हप्ताको अन्तिम व्यापार दिन ब्रेन्ट क्रूड 109.13 डलर प्रति ब्यारल र डब्ल्यूटीआई क्रूड 107.55 डलर प्रति ब्यारलमा बन्द भएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande