जेट एयरवेज फेरि उड़ान भर्न तयार, कम्पनीले परिचालन नियुक्तिहरू शुरू गऱ्यो
जेट एयरवेज


नयाँ दिल्ली, 24 जून (हि.स.)। निजी क्षेत्रको विमानन कम्पनी जेट एयरवेज फेरि उड़ान भर्न तयार छ। जेट एयरलाइन्सले यसको निम्ति शुक्रवार परिचालन नियुक्तिहरूको पनि शुरूआत गरेको छ। यसका साथै कम्पनीले आफ्नो केबिन-क्रूका पूर्व सदस्यहरूलाई एयरलाइनमा फर्किनलाई पनि भनेको छ।

जेट एयरवेजका मुख्य कार्यपालक अधिकारी (सीईओ) संजीव कपूरले ट्वीट गरे, ‘हाम्रो परिचालन नियुक्तिहरू शुरू भएको छ, जसमा हामीले जेट एयरलाइनका पूर्व कर्मीहरूलाई पुनः काममा बोलाएका छौं। आउने दिनहरूमा पायलट र इन्जीनियरहरूको नियुक्तिहरू पनि शुरू हुनेछ। अहिले एयरलाइनले केवल महिला-क्रू सदस्यहरूलाई नै काममा पुनः बोलाएको छ’।

वस्तुतः जेट एयरलाइनको वाणिज्यिक हवाई परिचालन वित्त वर्ष 2022-23 को जुलाई-सेप्टेम्बर (दोस्रो) तिमाहीमा फेरि शुरू हुनसक्छ। विमानन क्षेत्रको नियामक नागर विमानन महानिदेशालय (डीजीसीए) ले 20 मई 2022 मा जेटलाई वाणिज्यिक हवाई परिचालन बहाल गर्ने अनुमति दिएको थियो।

उल्लेख्य, कहिले निजी क्षेत्रमा आफ्नो वर्चस्व राख्ने जेट एयरवेजले गत महिना 06 मईमा 3 वर्षपछि फेरि आकाशमा उड़ान भरेको थियो। यद्यपि, जेट एयरलाइनको यो उड़ान केवल टेस्टिङको हिस्सा थियो। वस्तुतः अप्रेल 2019 मा जेट एयरवेजले मुम्बईको निम्ति आफ्नो अन्तिम उड़ान भरेको थियो। यस एयरलाइन कम्पनीले वित्तीय संकटको कारण आफ्नो उड़ान सेवाहरूलाई बन्द गरेको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande