पेट्रोल-डीजलको दाम स्थिर, कॉंचो तेल 110 डलरप्रति ब्यारल
पेट्रोल-डीजलको दाम स्थिर


नयॉं दिल्ली, 24 जून (हि.स.)। अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाम 110 डलरप्रति ब्यारल पुगेको छ। यद्यपि, घरेलु बजारमा पेट्रोल र डीजलको दाम स्थिर रहेको छ। सार्वजनिक क्षेत्रका तेल विपणन कम्पनीहरूले दुवै इन्धनको दाममा बढ़ोतरी गरेको छैन।

इण्डियन ओएलको वेबसाइट अनुसार राजधानी दिल्लीमा पेट्रोलको दाम 96.72 रूपियॉं र डीजलको दाम 89.62 रूपियॉंप्रति लिटर पुगेको छ। यसरी नै महानगरहरू मुम्बईमा पेट्रोल 109.27 रूपियॉं र डीजल 95.84 रूपियॉं, कोलकातामा पेट्रोल 106.03 रूपियॉं र डीजल 92.76 रूपियॉं तथा चेन्नईमा पेट्रोल 102.63 रूपियॉं र डीजल 94.24 रूपियॉं प्रति लिटरमा बिक्री भइरहेको छ।

उल्लेखनीय छ, रूस-यूक्रेन संकटबीच अन्तरराष्ट्रिय बजारमा कॉंचो तेलको दाममा घटबढ जारी रहेको छ। हप्ताको चौथो व्यापार दिन ब्रेन्ट क्रूड 109.47 डलरप्रति ब्यारल र डब्ल्यूटीआई क्रूड 103.97 डलरप्रति ब्यारलमा व्यापार गरिरहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande