पाकिस्ताननमा 26/11 मुम्बई हमलासित जुड़ेको आतङ्कीलाई 15 सालको सजाय
पाकिस्ताननमा 26/11 मुम्बई हमलासित जुड़ेको आतङ्कीलाई 15 सालको सजाय


लाहौर, 25 जून (हि.स.)। पाकिस्तानको एक आतङ्करोधी अदालतले 26 नोभेम्बर 2008 को मुम्बई हमलाको ह्याण्डलर र आतङ्की साजिद मजीद मीरलाई आतङ्की फण्डिङ मामिलामा 15 वर्षभन्दा अधिक जेलको सजाय सुनाएको छ। लश्कर र जमात-उद-दावासित सम्बन्धित आतङ्की फण्डिङको केस हेर्ने एक अधिवक्ताले यो जानकारी दिएका छन्।

यस उकील अनुसार, यस साल अप्रेलमा पक्राउ गरिएदेखि मीर कोट लखपत जेलमा बन्द छ। आतङ्करोधी अदालतले आतङ्की साजिद मदीज मीरमाथि चार लाख रूपियाँभन्दा अधिकको जरिमाना पनि लगाएको छ। पहिले उसको मृत्यु भएको बताइँदैथियो।

त्यही, पाकिस्तानको पञ्जाब पुलिसको आतङ्करोधी विभागले साजिद मजीद मीरको सजायलाई लिएर कुनै जानकारी दिएको छैन। आतङ्करोधी विभागले नै अधिकतर मामिलाहरूमा दोषीहरूले सजाय पाउने जानकारी मीडियालाई दिँदछ।

यस क्रममा केही मीडिया रिपोर्टमा भनिएको छ, यस मामिलाको सुनवाई कोट लखपत जेलमा बन्द कमरामा भयो। त्यहाँ मीडियालाई जाने अनुमति दिइएन। यसबीच पाकिस्तानले कथित रूपमा फाइनेन्शियल एक्शन टास्क फोर्सलाई बतायो कि उसले साजिद मीरलाई पक्राउ गरी त्यसमाथि मामिला चलाएको छ। आर्थिक विश्लेषकले पाकिस्तानको यस कदमलाई फाइनेन्शियल एक्शन टास्क फोर्सको ग्रे लिस्टबाट निस्किने छटपटीको नतीजा मानिरहेका छन्।

उल्लेख्य, 2008 मा 26/11 को मुम्बई हमलामा 160 भन्दा धेरैको ज्यान गएको थियो। लश्कर-ए-तैयबाको हतियारहरू बोकेका आतङ्कीहरूले मुम्बईका धेरै ठाउँ र प्रतिष्ठित बिल्डिङहरूमाथि हमला गरेका थिए। यस आतङ्की हमलामा आतङ्कवाद निरोधक दस्ताका प्रमुख हेमन्त करकरे समेत मुम्बई पुलिसका धेरै वरिष्ठ अधिकारीहरूको पनि मृत्यु भएको थियो। लियोपोल्ड केफे र छत्रपति शिवाजी टर्मिनसबाट शुरू भएको मृत्युको यो ताण्डव ताज होटलमा समाप्त भएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande