जलवायु परिवर्तनलाई लिएर राष्ट्रमण्डल देश चिन्तित, मलेरिया पनि चुनौती
कमनवेल्थ


किगाली, 25 जून (हि.स.)। पूर्वी अफ्रीकी देश रवान्डामा आयोजित राष्ट्रमण्डल देशहरूको शिखर सम्मेलनमा नेताहरूले व्यापारदेखि लिएर जलवायु र स्वास्थ्य जस्ता विषयहरूमाथि चर्चा गरे। यी देश जलवायु परिवर्तनलाई लिएर सर्वाधिक चिन्तित नजर आए, त्यही, मलेयालाई पनि चुनौती ठहर गरियो।

250 करोड़भन्दा धेरै जनसंख्या भएको 54 देशको समूह राष्ट्रमण्डलमा अधिकांश देश ती छन्, जसमाथि कहिले न कहिले ब्रिटनले शासन गरेको छ। अब यस्ता देशहरूको निम्ति पनि राष्ट्रमण्डल समूहको ढोका खोलिरहेछ। राष्ट्रमण्डल देशहरूको शिखर सम्मेलनको उद्घाटन समारोहमा रवान्डाका राष्ट्रपति पल कागामेले भने, ‘यस बैठकमा ब्रिटिश साम्राज्यसित सम्बन्ध नराख्ने नयाँ सदस्यहरूबारे सोच्नु हाम्रो रोजाईलाई व्यक्त गर्दछ’। उल्लेख्य, टोगो र गेबोनको राष्ट्रमण्डमला अपेक्षित प्रवेशको साथ देशहरूको संख्या बढ्नेछ। दुवै देशले ब्रिटेनको साथ कुनै औपनिवेशिक इतिहास नभएपनि समूहमा सामेल हुन इच्छा व्यक्त गरेका छन्।

उद्घाटन समारोहमा 29 राष्ट्राध्यक्षहरू-शासनाध्यक्षहरूले भाग लिए। भारत समेत न्यूजील्याण्ड, पाकिस्तान, अस्ट्रेलिया र दक्षिण अफ्रीका सहित अन्य सदस्य देशहरूले मन्त्रीहरू र राजनयिकहरूको नेतृत्वमा प्रतिनिधिमण्डल पठाए। ब्रिटिश राजकुमार चार्ल्सले आफ्नो 96 वर्षीय आमा महारानी एलिजाबेथको प्रतिनिधित्व गरिरहेका छन्, जो राष्ट्रमण्डलका प्रमुख हुन्। बैठकमा जलवायु परिवर्तन एवं त्यसबाट उत्पन्न जटिलताहरूसित मिलेर सामना गर्ने संकल्प लिइयो। कोविडको कारण उत्पन्न चुनौतीहरूको सामना पनि एक अर्काले सहयोगले गरिने तय भयो। उष्णकटिबन्धीय रोगहरूमाथि चर्चा गरेको समय मलेरियालाई एक चुनौतीको रूपमा स्वीकार गरी एक-अर्काको स्वास्थ्य चिन्ताहरूलाई साझा गरियो। आपस्तमा व्यापारमा पनि व्यापक सहयोगको संकल्प व्यक्त गरियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande