महाविकास आघाड़ी सरकार अल्पमतमा, निर्णय लिने अधिकार छैन- रामदास आठवले
महाविकास आघाड़ी सरकार अल्पमतमा, निर्णय लिने अधिकार छैन- रामदास आठवले


मुम्बई, 25 जून (हि.स.)। केन्द्रिय मन्त्री रामदाश आठवलेले शनिवार महाराष्ट्रमा महाविकास आघाड़ी सरकार अल्पमतमा छ, यसैले उसलाई निर्णय लिने अधिकार छैन भनेका छन्। शिवसेनाका दुई-तिहाईभन्दा अधिक विधायक बागी नेता एकनाथ शिन्देको साथ छन्, यसैले आत्तिएको शिवसेनाले गुण्डागिरी शुरू गरेको छ। उनले शिवसेनालाई चेताउनी दिँदै भने, ‘शिवसेनाले आफ्नो गुण्डागिरी बन्द गरोस् अथवा उसलाई उसैको भाषा गुण्डागिरीमै जवाफ दिइनेछ’।

रामदास आठवलेले शनिवार पूर्व मुख्यमन्त्री तथा नेता प्रतिपक्ष देवेन्द्र फडणवीससित मुम्बईमा भेट गरे औं उनीसित वर्तमान राजनीतिक स्थितिमाथि चर्चा गरे। यसपछि उनले पत्रकारहरूसित कुराकानीमा भने, ‘शिवसेनाका बागी एकनाथ शिन्देलाई दुई-तिहाईभन्दा धेरै विधायकहरूको समर्थन प्राप्त छ, जसबाट महाविकास आघाड़ी सरकार अल्पमतमा आएको छ। फडणवीसले बताएका छन्, शिवसेनामा भएको बगावतमा भाजपाको कुनै भूमिका छैन। भाजपाले यस समय उत्पन्न स्थितिहरूमाथि नजर राखिरहेछ तर उसलाई सरकार बनाउने हतार छैन’।

उनले यो पनि भने, ‘शिवसेना कार्यकर्ताहरूले बागी विधायकहरूलाई धमकाउनु हुँदैन। यदि शिवसेना पार्टीका कार्यकर्ताहरूले गुण्डागिरी गर्छन् भने हामी त्यही भाषामा जवाफ दिनमा सक्षम छौं। मलाई शिन्देप्रति सहानुभूति छ जसले 20 जूनमा महाराष्ट्र विधानपरिषद चुनाउको केही घण्टापछि आफ्नो पार्टी विरूद्ध भगावत गरेका थिए’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande