प्रधानमन्त्रीले आइतवार 'मनका कुरा' गर्ने
मन की बात


नयाँ दिल्ली, 25 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार बिहान 11 बजी मासिक रेडियो कार्यक्रम ‘मनका कुरा’ मा आफ्नो विचार साझा गर्नेछन्। आकाशवाणीमा प्रसारित ‘मनका कुरा’ को यो 90औं संस्करण हुनेछ।

प्रधानमन्त्रीले ‘मनका कुरा’ को पछिल्लो संस्करणमा देशमा तीव्र गतिमा विकसित भईरहेको स्टार्टअप इन्डस्ट्रीको उपलब्धी साझा गर्दै भने, ‘भारतमा यूनिकोर्नको संख्या 100 को आंकड़ासम्म पुगिसकेको छ। कोविड महामारीको समयमा पनि हाम्रा स्टार्टअपद्वारा धन र मूल्य सृजित गर्ने यस उपलब्धीले भारतको सामर्थ्यप्रति एक नयाँ विश्वास जगाउँदछ’।

उल्लेख्य, यूनिकोर्न ती कम्पनीहरूलाई भनिन्छ, जसको वार्षिक टर्नओवर साढ़े सात हजार करोड़भन्दा धेरैको हुन्छ।

प्रधानमन्त्री मोदीले ‘मनका कुरा’ को 89औं संस्करणमा स्टार्टअप, स्वयं सहायता समूह, तीर्थक्षेत्रहरूको स्वच्छता, विश्व पर्यावरण दिवस, अन्तरराष्ट्रिय योग दिवसको निम्ति विशेष स्थान चुन्ने र विभिन्न भारतीय भाषाहरू सहित समाजसित जुड़ेका अनेक विषयहरूमाथि चर्चा गरेका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande