रिजर्भ ब्याङ्कले आईओबीमाथि 57.5 लाख रूपियाँको जरिमाना लगायो
आरबीआई


नयाँ दिल्ली, 25 जून (हि.स.)। रिजर्भ ब्याङ्क अफ इण्डिया (आरबीआई) ले सार्वजनिक क्षेत्रको इण्डियन ओवरसीज ब्याङ्क (आईओबी) माथि 57.5 लाख रूपियाँको जरिमाना लगाएको छ। आऱबीआईले यो जरिमाना आईओबीद्वारा समयमा धोखाधाड़ीको जानकारी नदिएकोमा लगाएको छ।

आरबीआई अनुसार, आईओबीमाथि यो कारबाही केही मानदण्डहरू तथा धोखाधड़ीसित सम्बन्धित नियमहरूको अनुपालन नगरेको मामिलामा गरिएको हो। आरबीआईले भनेको छ, ‘मार्च 2020 को अन्तमा आफ्नो वित्तीय स्थितिको सन्दर्भमा ब्याङ्कको वैधानिक निरीक्षण र रिपोर्टहरूको जाँचको आधारमा यो जरिमाना लगाइएको हो। आईओबी पत्तो लगाउने मितिदेखि तीन साताभित्र एटीएम कार्ड क्लोनिङ वा स्किमिङसित जुड़ेको धोखाधड़ीको केही मामिलाहरूको जानकारी दिनमा विफल रहेको थियो’। वस्तुतः यो जरिमाना कमर्शियल ब्याङ्कहरू र चुनिन्दा वित्तीय संस्थाहरूको धोखाधड़ी-वर्गीकरण र रिपोर्टिङमाथि आरबीआईको तर्फबाट जारी निर्देशहरूसित जुड़ेको थियो।

ब्याङ्क नियामकले भनेको छ, ‘यस कारबाहीको आईबीओ ग्राहकहरूको साथ गरिएको कुनैपनि लेन-देन वा समझौताको वैधतासित कुनै सम्बन्ध छैन। जरिमाना लगाउने कारबाहीअघि आरबीआईले 31 मार्च 2020 सम्म इण्डियन ओवरसीज ब्याङ्कको वित्तीय स्थितिबारे सुपरवाइजरी वेल्युएशनको निम्ति एक निरीक्षण गरेको थियो’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande