दार्जीलिङ क्षेत्रका पत्रकारहरूलाई उत्कृष्ट अन्तरराष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान
दार्जीलिङ क्षेत्रका पत्रकारहरूलाई उत्कृष्ट अन्तरराष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान


दार्जीलिङ, 19 अगस्त (हि.स.)। दार्जीलिङ प्रेस गिल्डका सचिव केशर मोक्तान र उप सभापति राजेश जोशीलाई उत्कृष्ट अन्तरराष्ट्रिय पत्रकार सम्मान २०२२ आज दिल्लीमा प्रदान गरिएको छ। आजादीको अमृत महोत्सव कार्यक्रम अन्तर्गत इण्डो नेपाल फ्रेन्डसीप अवार्ड २०२२ अन्तर्गत दार्जीलिङ मङपुका पत्रकार केशर मोक्तान र दार्जीलिङ घुमका पत्रकार राजेश जोशीलाई उक्त सम्मान प्रदान गरिएको हो।

आज दिल्लीमा आयोजित एक कार्यक्रमबीच देश विदेशका पत्रकारहरू अनि समाज सेवकहरुलाई सम्मान जनाइएको थियो। जसमा पश्चिम बंगाल राज्यबाट दार्जीलिङ जिल्लाका तीन पत्रकार दार्जीलिङ प्रेस गिल्डका सचिव साथै हिमालय दर्पणका केशर तामाङ (मोक्तान), दार्जीलिङ प्रेस गिल्डका उप सभापति राजेश जोशी र हाम्रो न्युजका पत्रकार अमर प्रधानलाई उत्कृष्ट अन्तरराष्ट्रिय पत्रकार सम्मान २०२२ प्रदान गरियो।

सोसिएल जस्टिस फर् इन्टर्नेशनल सिभिल राइट्स काउन्सिलको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आईपीएस डा. एम अब्दुल सलाम, विशिष्ट अतिथिहरुमा सीपी शाह, दिवस लामा, गोपीनाथ भेन्नरी, दिपान्जली छेत्री र अन्य अतिथिहरूको बाहुलीबाट उक्त सम्मान प्रदान गरियो।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande