11 जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छः अनित थापा
11 जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छः अनित थापा


दार्जीलिङ, 19 अगस्त (हि.स.)। जीटीए चिफ् एग्जीक्युटिभ अनित थापाले 11 जनजातिको मुद्दालाई राजु बिष्टले अघि लैजानुपर्छ, किनकि यही मुद्दामा उनले चुनाउ जितेका हुन् भनी बताएका छन्।

आज युनाइटेड गोर्खा कमिटी फोरमका सदस्यहरूको एउटा टोलीले जीटीए प्रमुख कार्यपाल अनित थापासंग भेटवार्ता गरेका थिए। अनित थापाले फोरमको पहललाई समर्थन दिँदै भने, भाजपाले चुनाउको समयमा भोटको निम्ति हाम्रो मनको मुद्दालाई चुनावी मुद्दा बनाएका मात्र हुन्। हाम्रो मुद्दा अहिले पूर्णतः राजनैतिक मुद्दा बनाइएको छ। त्यसैले कसैलाई भेट्नुपर्छ अनि ११ जातगोष्ठीको मुद्दामाथि चाप सृजना गर्नुपर्छ भने उनी हुन् हाम्रो सांसद राजु विष्ट। सासंद विष्टले नै यो मुद्दालाई अघि लैजानु सक्छ कारण यसै मुद्दामा उसले चुनाउ जितेको पनि हो।

उनले अझ भने, ११ गोर्खा जातगोष्ठीलाई जनजाति बनाउने अनि स्थायी राजनैतिक समाधान, यी दुई मुद्दालाई भाजपाले विगतको चुनाउमा आफ्नो संकल्प पत्रमा हालेको थियो। पहाडको गोर्खाले पनि संकल्प पत्रलाई विश्वास गरेर नै राजु विष्टलाई जिताएर सांसद बनाएका हुन्। उनले राज्य सरकारलाई दोष देखाएर भाजपा आफ्नो चुनावी दायित्वदेखि भाग्नु सक्दैन भनी बताए।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande