भाषा कुनै पनि संस्कृतिको जीवन रेखा होः राज्यपाल
भाषा कुनै पनि संस्कृतिको जीवन रेखा होः राज्यपाल


गान्तोक, 19 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल गंगा प्रसादले 31औं नेपाली भाषा मान्यता दिवसको शुभ अवसरमा सम्पूर्ण भारत र विश्वभरिका नेपाली भाषीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘भाषा कुनै पनि संस्कृतिको जीवन रेखा हो र मानव सभ्यताको उन्नतिको मूल आधार हो। भाषा नै मनुष्य सामाजिक प्राणी हुनुको सबैभन्दा ठूलो प्रमाण हो र भाजपाको सहयोगद्वारा नै समाजको निर्माण हुन्छ।’

उनले अझ भनेका छन्, ‘हामी सबैले आफ्नो मातृ भाषामाथि गर्व गर्नु पर्छ र आफ्नो परिवारसॅंग, आफ्नो समुदायमा र अन्य अवसरहरूमा मातृ भाषाकै प्रयोग गर्नु पर्छ। साथै, आफ्नो भाषा र परम्परालाई बचाएर राख्दै अन्यहरूका भाषा र संस्कृतिको पनि सम्मान गर्नु पर्छ।’

यस अवसरमा राज्यपालले सबैलाई समाजमा मित्रता, भाइचारा र सद्भावना स्थापित गर्न आह्वान गरेका छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande