गान्तोक, 11 सेप्टेम्बर (हि.स.)। रम्फू चेकपोस्टमा वाहनहरूको जॉंचको क्रममा एक दम्पतिलाई प्रतिबन्धित नशालु पदार्थसहित पक्राउ गरिएको छ। पक्रा पर्ने दम्पति आहो, अन्धेरी निवासी रहेको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, एक दम्पति सिक्किम आइरहेको एउटा बसमा थिए। रम्फू चेकपोस्टमा वाहनहरूको जॉंच गर्दा दम्पतिबाट प्रतिबन्धित नशालु पदार्थ फेला पऱ्यो। महिलाको ब्यागबाट पुलिसले 1433 वटा विनस्पास्मो फोर्टे क्याप्सुल र 20 वटा एन-10 ट्याबलेट भेटाए।
पुलिसले दम्पतिलाई पक्राउ गरेको छ। उनीहरू विरूद्ध साडा अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार/बिशाल