सुमन्त कुमार गुप्ता विरूद्ध सदर थानामा एफआईआर
सुमन्त कुमार गुप्ता विरूद्ध सदर थानामा एफआईआर


गान्तोक, 17 सेप्टेम्बर (हि.स.)। सिक्किम राज्य महिला आयोगकी एक सदस्याले सुमन्त कुमार गुप्ता विरूद्ध सदर थानामा प्राथमिकी दर्ता गरेकी छन्। आरोपित व्यक्तिमाथि सामाजिक संजालमा अपलोड गरिएको भिडियोमा महिलाहरूको अपमान गरेको आरोप छ।

पुलिस रिपोर्ट अनुसार, आरोपित सुमन्त कुमार गुप्ताले धारा 371एफ रद्द गर्नु पर्छ भनेर माग गर्दै फेसबुकमा अपलोड गरेको एउटा भिडियोमा सिक्किमका महलाहरूको अपमान गरेका छन्। उनले सिक्किमका महिलाहरूमाथि विभिन्न आरोपहरू लगाएका छन्, जसको विरोधमा सिक्किम राज्य महिला आयोगकी एक सदस्याले उनी विरूद्ध एफआईआर दर्ता गरेकी छन्।

पुलिसले आरोपित व्यक्ति विरूद्ध आईपीसीको धारा 120बी/500/509/506/34 अन्तर्गत मामिला दर्ता गरेको छ। यस सम्बन्धमा पुलिसले छानबिन गरिरहेको छ।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande